बैशाख ३१,
२०७८,काभ्रे/

जिल्ला प्रहरीले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरे सँगै ईलाका प्रही कार्यलय मंगलटारले क्रसर उद्योगहरुबाट १९ थान सिलिण्डर संकलन गरेको छ । कार्यलयका प्रमुख शेखर खड्काले उक्त संकलित सिलिण्डर पनौती स्थित नवज्योति ग्याँस उद्योगमा भर्नको लागि पठाईएको जानकारी दिएका छन् ।

संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराईनेछ । प्रहरीले पछिल्ला दिन उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तीहरुबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्दै आईरहेको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरका कारण देशभर अक्सिजन अभाव भई सृजना भएको विषम परीस्थितीलाई मध्यनजर गरी प्रहरीले सिलिण्डर संकलनलाई तिब्रता दिएको छ । अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्य अझै तिब्रताका साथ गरिने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Facebook Comments Box