जेठ १,
२०७८,काभ्रे/

बेथानचोक गाउँपालिकाले बिहिबार सूचना जारी गरे संगै वडा वडामा समुदाय स्तरमै कोभिड–१९ संक्रमण पुष्ठि भएकाहरुको कन्ट्र्याकमा रहेकाहरुको ट्रेसिङ गर्दै स्वाब संकलन सुरु गरेको हो ।

२९ गतेबाट नै कोरोना लक्षण देखिएका र मिल्दोजुल्दो लक्षण देखिएकाहरुको लाइन लिस्टिङ गरि वडा कार्यालय , स्वास्थ संस्थाहरुसंग समन्वय गरेको र ढुङ्गखर्क स्वास्थ चौकी प्रमुख दुर्गा प्रसाद पोखरेलको नेतृत्वमा आजबाट स्वास्थकर्मीहरुलाइ परिचालन गरि स्वाब संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताएका छन् ।
बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउका ३१, बेथानचोक वडा नम्बर ५ का २० जना र २ नम्बर वडा ३ जनाको गरि जम्मा ५४ जनाको स्वाब संकलन गरिसकिएको ढुङ्गखर्क स्वास्थ चौकी प्रमुख दुर्गा प्रसाद पोखरेलले जानकारी दिए ।

समुदायमा कोरोनाको संक्रमण थप फैलिन नदिन पुर्ण रुपमा पालिका भरी बन्द गरिएको र कन्ट्र्याक ट्रेसिङ , स्वाब संकलन, कोरोना पुष्ठि भएकाहरुमा स्वास्थमा प्रतिकुल अवस्था भएकाको हकमा गाउँपालिकाले आफ्नै अस्पतालमा उपचार सुरु गरिसकेको र स्वास्थ कर्मीहरुलाइ प्रभाबकारी रुपले परिचालन गरिएको र जनप्रतिनिधिहरु समेत आवश्यकताको आधारमा खटिएका गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताएका छन् । स्वाब संकलन पस्चात परिक्षणका लागि प्रादेशिक प्रयोगशाला धुलिखेल पठाइएको र रिपोर्ट आएपछि आवश्यक थप कार्यलाई अगाडि बढाउन गाउँपालिका तयारि गरिरहेको अध्यक्ष तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box