राजन दाहाल–जेठ १,
२०७८,काभ्रे/

काभ्रेको खानिखोला गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमीत संख्या बढेको छ ।

जिल्लामा कोरोना भाइरसको दोस्रो लहरले संक्रमीत संख्या बड्न थालेपछि गाउँ पालिकामा स्वाब संकलन गरिएको थियो । लक्षण सहितको बिरामी बड्दै गए पछि खानिखोला गाउँपालिका वडा न ७ मा बाट १७ जनाको स्वाब संकलन गरिएकोमा १६ जनामा पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पुकार यादवले जानकारी दिए ।

दिन प्रतिदिन ज्वरो आउने र रुघाखोकी को बिरामी बड्दै गएपछि गाउले सबै ससङ्कित भएपछि वडा अध्यक्ष क्षेत्रमान घ्याबाको पहलमा गाउँपालिकाका स्वास्थ्य कर्मचारीलाई वडा मै आइ स्वाब संकलन गर्न अनुरोध गरेका थिए । सोही अनुसार वडामा गाउँ पालिकाका स्वास्थ्य कर्मचारी साथै वडाका स्वास्थ्य कर्मचारी बाट स्वाब संकलन गरिएको थियो । संक्रमीत सबै जना आ आफ्नो घरमा छुट्टै सुरक्षित रुपमा बसेको र सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको वडा अध्यक्ष क्षेत्रमान घ्याबाले बताए साथै कोहि कसैलाइ साह्रो गारो भइहाले धुलिखेल लैजाने पनि उनले बताए ।

गाउँपालिका भित्रबाट सन्कास्पद १९ जनाको पनि स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको गाउँपालिकाको स्वास्थ्य प्रमुख राम पुकार यादवले भने । खानिखोलामा अहिलेसम्म २९ जनाको स्वाब संकलन गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

Facebook Comments Box