जेठ १,
२०७८,काभ्रे/

पाँचखाल नगरपालिकालाई लायन्स क्लबद्वारा १० सेट बेड सहयोग गरिएको छ ।

नगरपालिकालाई लायन्स डिष्ट्रिक ३२ ५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले आईसोलसन बनाउनको लागि सो सामग्री सहयोग गरिएको हो । जिल्लामा कोभिड संक्रमणको दर उच्च रहेको समयमा संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने हेतुले सामग्री सहयोग गरेको क्लबले जनाएको छ ।

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई बेड प्राप्त भएको हो । सहयोग सामग्रीमा १० सेट बेड सहित, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत थिए ।

Facebook Comments Box