जेठ १,
२०७८,काभ्रे/

प्रेस संगठन काभ्रेले जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई व्यवसायी र संघ संस्थाहरुको सहयोगमा शनिबार स्वास्थ्य सामग्री र खाद्यान्न सामग्री वितरण गरिएको हो ।

ईस्क्रा कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर टिका बहादुर तामाङ, दीप लक्ष्मि एग्रीगेट एण्ड मिनिङ प्रा.लिका सहकारीकर्मी राजन अधिकारी, व्यवसायीहरु कृष्णहरी आचार्य, प्रेम चौलागाई, विकास खनालको सहयोगमा पत्रकारहरुलाई उक्त सामग्री वितरण गरेको संगठनले जनाएको छ । सहयोगको लागि पुण्यवती यातायात प्रा.लिका अध्यक्ष राजेश सुन्दर सैँजुमार्फत भिटामिन क्याप्सुल र पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ईश्वर जंगमले मास्क उपलब्ध गराएका थिए ।

संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराले जिल्लाका सञ्चारमाध्यममा रहेर महामारीको समयमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई सहयोग स्वरुप स्यानिटाईजर, मास्क, भिटामिन क्याप्सुल र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको बताए । उनका अनुसार विभिन्न संघ संस्थाको सहयोगमा करिब ४० जना पत्रकारलाई सामग्री वितरण गरिएको बताए । यस्तै निषेधाज्ञाको समयमा गाउँबाट सहर आएर भाडामा बसी पत्रकारिता पेशा गर्ने १३ जना पत्रकारहरुलाई सहयोग स्वरुप खाद्यान्न समेत वितरण गरेको बताए ।

Facebook Comments Box