जेठ १,
२०७८,रामेछाप/

रामेछापमा शनिबार थप ६३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापबाट १८ जनाको पीसिआर परीक्षण गर्दा ७ जनामा, दोरम्बा गाउँपालिकाबाट १२३ जनाको स्वाव परीक्षण गर्दा ३५ जनामा, गोकुलगङ्गा गाउँपालिकाबाट ४९ जनाको स्वाव परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछापबाट २ जनाको एन्टिजेन परीक्षण गर्दा दुवै जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमतिको कुल सङ्ख्या ३३५ जना पुगेको छ । शनिबार थप ३७ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ८३ जना पुगेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा २४५ जना सक्रिय सङ्क्रमित रहेकोमा २१४ जना होम आइसोलेसन र ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ५३ बर्षिय एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले उपचारको क्रममा आज दिउसो एक जना कोरोना संक्रमितको मृत्यु भएको बताए । उनका अनुसार वैशाख २८ गते ती संक्रमितलाई अस्पताल भर्ना गरिएको थियो ।

Facebook Comments Box