जेठ २,
२०७८,काभ्रे/

जिल्लामा आईतबार थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नमोबुद्ध नगरपालिकाका ७० वर्षिय पुरुष, मण्डनदेउपुर नगरपालिकाका ६६ वर्षिय पुरुष, सर्लाहीका ५५ वर्षिय महिला, धनकुटाका ५२ वर्षिय पुरुष, बनेपाका ८३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या ११८ पुगेको छ । उनीहरु मध्य ८० जना काभ्रेका रहेका छन् भने ३८ जना अन्य जिल्लाका रहेका छन् ।

यस्तै जिल्लामा आज १९७ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् भने ५३ जना डिस्चार्ज भएका छन् । आज थपिएका संक्रमितहरुमा सबै भन्दा धेरै पनौती नगरपालिकामा ६१ महिला ७६ पुरुष रहेका छन् । बनेपा नगरपालिकामा ९ महिला, ९ पुरुष, धुलिखेल नगरपालिकामा ११ महिला, १३ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ पुरुष, पाँचखाल नगरपालिकमा १ महिला, ५ पुरुष, चौंरीदेउराली गाउँपालिकामा २ पुरुष, तेमाल गाउँपालिकामा ३ पुरुष, भुम्लु गाउँपालिकामा १ पुरुष र रोशी गाउँपालिकामा १ महिला २ पुरुष नयाँ संक्रमित थपिएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ५७१८ पुगेको छ । सक्रिय संक्रमित संख्या ८८१ महिला र १०७३ पुरुष गरी १९५४ पुगेको छ । अस्पताल आइसोलेसनमा ९९ जना र होम आईसोलेसनमा १८५५ जना रहेका छन् ।

Facebook Comments Box