जेठ ३,
२०७८,काभ्रे/

रोशी गाउँपालिकाका तिन वटा वडामा शान्ति सेवा गृहले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोमबार वडा नं १ खहरेपाँगु स्थित रोशी अस्थायी अस्पतालका सँगै वडा नम्बर २ र ३ लाई पनि कोरोना रोकथाम र न्यूनिकरणका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरीएको वडा नं १ का अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

स्वास्थ्य सागग्रीहरुमा अक्सिजन सिलिण्डर १ थान, हरेक वडालाई ३६ प्याकेट मास्क, ३० लिटर स्यानिटाईजर रहेका छन् । साथै आवश्यक औषधीहरु सहित कोरोना पोजिटिभका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि र्हवल टी ३८ पिस, डिटोल, साबुन लगायत अन्य सामग्रीहरु पनि वडालाई वितरण गरीएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच संस्थाका तर्फबाट संयुक्त रुपमा चन्द्र लामा र अर्जुन लामाले वडा नं १ का अध्यक्ष श्रीदास लामा र ३ का अध्यक्ष धनजीत लामालाई हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box