जेठ ३,
२०७८,काभ्रे/

जिल्लाको बनेपा नगरपालिकामा दोश्रो लहरको महामारीमा कोरोना संक्रमित हुनेको संख्या उच्च भएपछि मुख्य ब्यापारिक क्षेत्र शिल गरिने भएको छ ।

सोमबार नगर प्रमुख लक्ष्मी नरसिंह वादेले एक सूचना जारी गर्दै भोली (मंगलबार) राती १२ बजे देखि जेठ १२ गते १२ बजे सम्म बनेपा शिल गरिने जानकारी दिए । नगर क्षेत्रमा अत्यन्तै जोखिमपूर्ण अवस्था भएकोले संक्रमणको श्रृंखला तोडी न्यूनिकरणका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्न बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ ।

सुचनामा औषधी र अस्पताल बाहेकका खाद्यान्न, तरकारी, फलफूल पसल तथा ब्यवसाय, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सबै सेवा पूर्ण रुपमा बन्द हुनेछ । सूचना विभागबाट प्रेस पास लिएका पत्रकार बाहेक अन्य कुनै पनि ब्यक्ति अत्यावश्यक काम परेर जानै परे स्थानीय प्रशासन तथा जनप्रतिनिधिलाई जानकारी गराएर मात्रै जान पाईनेछ । अरू ब्यक्ति घर बाहिर निस्कन पाईने छैन् । अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक अन्य कुनै पनि सवारी साधन चलाउने भएको छ । फोहोर व्यवस्थापन, टेलिफोन, ईन्टरनेट र विद्युतको सेवा दिने कार्यालयहरू सीमित कर्मचारी राखेर जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर मात्रै खोल्न पाईनेछ । नगरपालिकाले बिहान मर्निङवाकमा समेत ननिस्कन भनेको छ ।

बनेपामा आईतबार सम्म जिल्लाको सबै भन्दा धेरै ६ सय ८५ जना संक्रमित भईसकेका छन् ।

Facebook Comments Box