राजन दाहाल–जेठ ४,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकाले पालिका क्षेत्र भित्र अत्यावश्यक बाहेक सम्पुर्ण सेवा ५ दिनको लागि पूर्ण रुपमा बन्द गर्ने भएको छ । गाउँपासलकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले एक सुचना जारी गर्दै आगामी जेठ १० गतेसम्म अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण कार्यलयबाट प्रबाह हुने सेवा पुर्ण रुपमा बन्द हुने जानकारी दिए ।

विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको हुनाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अबस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण र रोकथामको लागी भोलि बुधबार देखि जेठ १० गतेसम्म मातहतका वडा कार्यालय, बैंक, बित्तीय संस्था र गैरसरकारी संघ संस्थाबाट प्रबाह हुने सबै सेवाहरु बन्द गरिने सुचनामा उल्लेख छ । गाउँपालिकाले सम्पुर्ण बासिन्दाहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि कोरोना भाइरसको नियन्त्रणमा सहयोग गर्न पनि अपिल गरेको छ ।

यस अघि गाउँपालिकाले बैशाख ३१ गते देखि अर्को सुचना जारी नभए सम्म गाउँपालिकाको कार्यलयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिसकेको छ । तेमाल गाउँपालिकामा सोमबार सम्मको तथ्यांक अनुसार ३० जना कोरोना भाइरसका सक्रिय संक्रमीत रहेका छन् ।

Facebook Comments Box