राजन दाहाल–जेठ ४,
२०७८,काभ्रे/

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना गरेको ५ लाख राशीको आपतकालीन राहत कोषमा रकम सहयोग गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणको जोखिममा जिल्लामा क्रियाशिल भएर खटिने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कोषमा समाजसेवी, पत्रकार, व्यवसायी देखि स्थानिय तह समेत जोडिएका छन् ।

मंगलबार जिल्लाका २ स्थानिय तहले कोषमा रकम जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाका अनुसार कोषमा नमोबुद्ध नगरपालिकाले २५ हजार ५ सय ५५ र रोशी गाउँपालिकाले २५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । उनका अनुसार राहत कोषमा रकम जम्मा गर्ने काभ्रेका स्थानीय सरकार मध्ये यी दुई पालिका पहिलो हुन् ।

हालसम्म महासंघले स्थापना गरेको राहत कोषमा ३ लाख ६१ हजार २ सय २१ रुपौँया जम्मा भएको छ । जसमा दुई पालिकाले प्रतिवद्धता जनाएको रकम आउने क्रममा रहेको महासंघ काभ्रेका कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले जानकारी दिए । आपतकालीन राहत कोष कोरोना महामारीका बेला जिल्लामा क्रियाशील संचारकर्मीलाई आफू सक्रिय रहेको पेसा र संस्थाबाट राहत महसुस गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको पत्रकार महासंघ काभ्रेले जनाएको छ । आपतकालीन राहत कोषमा अझै धेरै ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बद्रिराज तिमिल्सनाले जानकारी दिए ।

Facebook Comments Box