रोशी सहकर्मी–मंङसिर १२/
नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रभावकारी हुदै गएको छ । हिजो सामाजिक सुरक्षा योजना घोषणा गरेको एक वर्ष पुरा भए सँगै दुई जनाले आश्रीत परिवार सुरक्षा योजना अन्र्तगत सेवा लिन थालेका छन् ।
सेवा लिनेमा काभ्रेपलाञ्चोकका विमानसिंह तामाङ र धनमाया तामाङ साथै मकवानपुरका अस्मिता क्षेत्री रहेकी छन् । विमानसिंह तामाङ र धनमाया तामाङका एक्लो छोरा प्रकाश तामाङको गत बर्ष गाडी दुर्घटनामा परेर मृत्यु भएको थियो । प्रकाशले ललितपुरको कैरोस क्याफेमा काम गर्दै आएका थिए । प्रकाश सामाजिक सुरक्षा कोषमा जोडिएका हुनाले उनको मृत्युपछि बाबुआमाले सामाजिक सुरक्षा कोषबाट मासिक १० हजार दुईसय रुपैयाँ पाउन थालेका छन् । त्यस्तै मकवानपुरका अस्मिता क्षेत्रीका श्रीमान रुपेन्द्र थापा इन्जिनियर थिए । उनि हेटौडामा रहेको क्लोजर सिस्टम इन्टरनेशनल नेपाल सीएसआईमा कार्यरत थिए । काम गर्न थालेको दुई बर्ष मात्र पुग्नै लाग्दा उनको पनि असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । श्रीमान सामाजिक सुरक्षा कोषमा जोडिएकै कारण अस्मिता क्षेत्रीले पनि मासिक १७ हजार पाउन थालेकि छन् ।
सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १० हजार चार सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म १८ करोड १३ लाख दुई हजार सात सय ८१ रुपैयाँ योगदान रकम संकलन भएको छ । हालसम्म ६९ जिल्लाका रोजगारदाता तथा श्रमिक सुचिकृत भइसकेका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए । विशेषतः मृत्युका घटनाका दाबीहरु आउन थालेका उनले बताए । सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा भएको आठ महिनापछि साउन एक गतेबाट कार्यान्वयनमा आएको थियो ।

Facebook Comments