जेठ ४,
२०७८,काभ्रे/

जिल्लामा आज एकैदिन १ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थप १ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित धुलिखेल नगरपालिकाबाट थपिएका छन् । ५ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

धुलिखेल नगरपालिकाबाट २७ जना महिला र ४४ जना पुरुष, बनेपा नगरपालिकाबाट २३ जना महिला र २० जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट ४ जना महिला र ७ जना पुरुष, रोशी गाउँपालिकाबाट ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष, खानीखोला गाउँपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र महाभारत गाउँपालिकाबाट २ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ६ हजार ३८ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १९ सय ३८ जना सक्रिय कोरोना संक्रमित रहेको डा. झाले बताए । त्यस्तै काभ्रेमा पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमध्ये ३ संक्रमित काभ्रे जिल्ला र अर्का दुई संक्रमित काभ्रे बाहिर अन्य जिल्लाका रहेका छन् । भक्तपुर जिल्लाका ६६ वर्षीय पुरुष, धादिङ जिल्लाकी ४८ वर्षीय महिला, धुलिखेल नगरपालिकाकी ६३ वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
। त्यस्तै बनेपा नगरपालिकाका ७० वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा र ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा आज मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण काभ्रेका ८८ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box