जेठ ५,
२०७८,कटुन्जेबेशी/

काभ्रेको रोशी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका अध्यक्ष डीबी लामाद्धारा आज (बुधबार) जारी सूचनामा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता र आइसोलेसन तथा कन्ट्रयाक ट्रेसिङमा खटिने कर्मचारीलाई थप दैनिक भत्ता दिने जनाइएको छ ।

सूचनामा स्वास्थ्यकर्मीलाई तलबको सुरु स्केलको ५० प्रतिशत प्रोत्साहन भत्ता र आइसोलेसन तथा कन्ट्रयाक ट्रेसिङमा खटिएका कर्मचारीलाई थप दैनिक भत्ताको व्यवस्था गरिएको उल्लेख छ । स्वास्थ्यकर्मीले पहिलो चरणको कोरोनामा प्रशांसनिय काम गरेकोमा धन्यावाद दिएको छ ।

दोस्रो चरणको कोरोना भाइरसबाट उत्पन्न बिषम परिस्थितीमा आफ्नो ज्यानको समेत प्रवाह नगरी खटिरहेका स्वास्थ्यकर्मी प्रति गाउँपालिका अत्यन्तै संवेदनशिल रहेको जनाएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि चाहिने सुरक्षा सामग्री अभाव हुन नदिने प्रतिवद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि चाहिने सामग्री गाउँपालिकाले तत्काल उपलब्ध गराउने छौँ, सूचनामा भनिएको छ ।

गाउँपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा, घरदैलोमा कन्ट्रयाक ट्रेसिङ, नमोबुद्ध नगरपालिकासँग मिलेर भकुण्डेमा आइसोलेसन कक्ष निर्माण गरेको छ ।

Facebook Comments Box