जेठ ६,
२०७८,काभ्रे/

काभ्रेमा थप ४ सय ४२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार १ सय ३६ जना संक्रमण मुक्त भई स्वस्थ भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ३ का ६८ वर्षिय पुरुष छन् । उनको घरमा नै मृत्यु भएको हो । यस्तै बेनेपाकी ३८ वर्षिय महिलाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो भने नमोबुद्धका ७७ वर्षिय पुरुष र धुलिखेका ७८ वर्षिय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

यस्तै आज थप ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा बनेपाका ७० जना, धुलिखेलका ७० जना, पनौतीका १ सय १९ जना, मण्डन देउपुरका १२, नमोबुद्धका २९, भुम्लुका २७ जना, खानीखोलामा ३ जना, बेथानचोक गाउँपालिकामा ३५ जना, पाँचखाल नगरपालिकामा १ जना रोशी गाउँपालिकामा ४५ जना, तेमाल गाउँपालिकामा १ जना, महाभारतमा २४ जना र चौँरी देउरालीमा ६ जना रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २३ सय ५८ पुगेको छ । जसमा अस्पतालको आईसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २३ सय ३९ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

Facebook Comments Box