रोशी सहकर्मी–मंङसिर १२,
तेमाल/

जिल्लाको तेमाल गाँउपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम चलिरहेको छ । त्यसै कार्यक्रम अन्तर्गत आज वडा नं ८ मा वितरण गरिसकिएको छ । ९ वटा वडा रहेको गाँउपालिकामा यस अघि १, २, ३, ४, ५, ६ र ९ मा वितरण गरिएको थियो ।
तेमाल गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल लगाएतको टोलीले संयुक्त रुपमा आज वडा भित्र रहेका २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरेका हुन् । जसमा क वर्गका २ जना, ख वर्गका १४ जना, ग वर्गका ३ जना र घ वर्गका ४ जना रहेका छन् । त्यस्तै बाँकि रहेको ७ नं वडामा भोली परिचय वितरण कार्यक्रम रहेको गाँउपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गा माया तामाङले जानकारी दिएकी छन् ।

Facebook Comments