जेठ १०,
२०७८,काभ्रे,
रोशी गाउँपालिका वडा नं.३ मा कोभिड संक्रमण देखे पछि स्थानीय समाजसेवी युवाहरुले रोशी ३ को नागरिकहरुको निम्ति स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । रोशी गाउँपालिका वडा नम्बर ३ का युवा समाजसेवीहरु अर्जुन लामा, निर बहादुर लामा र चन्द्र लामाले संयुक्त रुपमा ६०० घरधुरीको लागि ३७५०० थान माक्स, १६० लिटर सेनिटाइजर, ११ हजार पिस सिटामोल, ११ हजार पिस भिटामिन सी, ५०० बोतल खोकीको औषधी कफ सेरफ प्रत्येक टोल टोलमा वितरण गरेको वडा अध्यक्ष धनजीत लामाले जानकारी दिए । केही दिन अगाडी रोशी गाउँपालिकाको अगुवाईमा ३१ जनाको पिसिआर परिक्षण गरेकोमा १६ जनाको पोजेटिभ देखिएको थियो । उक्त १६ जना मध्ये १ जनाको त कोभिड संक्रमणको कारण मृत्यूनै भईसकेको अवस्थामा रोशी ३ उच्च जोखिममा रहेको देखिन्छ । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै रोशी गाउँपालिका वडा नम्बर ३ को जनजीवनमा धेरै असर परेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

Facebook Comments Box