जेठ १०,
२०७८,काभ्रे,

काभ्रेमा आज (सोमबार) ३७४ नयाँ सङक्रमित थपिएका छन । भने १४१ जना डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार थपिएका मध्ये पनौती नगरपालिकामा ७२, बनेपा नगरपालिकामा ७०, धुलिखेल नगरपालिकामा ४५, रोशी गाउँपालिका ३७, नमोबुद्ध नगरपालिका ३५, तेमाल गाउँपालिका २८, पाँचखाल नगरपालिकामा २५, भुम्लु गाउँपालिकामा १९, बेथानचोक गाउँपालिकामा १२ र महाभारत गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै काभ्रेमा सक्रिय सङक्रमितको संख्या दुई हजार ८०८ पुगेको । जसमा १४३ जना अस्पतालमा छन भने २६ सय ६४ होम आइसोलेसनमा रहेका छन । काभ्रेमा कोरोना संक्रमितको संख्या ७५ सय ४३ पुगेको छ भने ४६ सय २४ निको भएर फर्किएका छन । सबै भन्दा बढी बनेपा नगरपालिकामा ७१४ रहेका छन भने सबै भन्दा कम खानीखोला गाउँपालिकामा ३९ जना रहेका छन । काभ्रेमा आज दोस्रो चरणको दोस्रो डोज खोप ९७ जनाले लगाएका छन ।

तेस्तै पछिल्लो २४ घण्टामा काभ्रेको धुलिखेल अस्पतालमा सात जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा काभ्रेका छ र भक्तपुर जिल्लाका एक सङक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनुसार धुलिखेल नगरपालिकाका ६४ बर्षीय महिला, ८३ बर्षीय महिला र ७५ बर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै भुम्लु गाउँपालिकाका ३६ बर्षीय पुरुष, पाँचखाल नगरपालिकाका ३९ बर्षीय पुरुष, बेथानचोक गाउँपालिकाका ५८ बर्षीय पुरुष र भक्तपुर जिल्लाका ४५ बर्षीय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । यो सँगै काभ्रेमा कोरोना सङक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ । जसमा काभ्रेका १११ जना छन भने ४३ बाहिरी जिल्लाका रहेका छन ।

Facebook Comments Box