काभ्रे,
जेठ ११ गते २०७८

काभ्रेमा कोरोना संक्रमण बढ्दै गएपछि चौथो पटक थप १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जेठ १२ गते मध्यरातबाट जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा लगाएको छ । प्रशासनले लगाएको निषेधाज्ञा जेठ १२ गते मध्यरातबाट सकिदैँ छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा मंगलबार जारी आदेशमा जेठ १२ गते मध्यरातबाट जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ । उन अनुसार खाद्यन्न, तरकारी लगायतका पसलहरु अब बिहान ६ बजेदेखी १० बजेसम्ममा सञ्चालन गर्न पाइने छ । बैङक तथा वित्तीय संस्थालाई आलोपालो सञ्चालनमा गर्नुपर्ने उल्लेख छ । तर सहकारी बीमा कम्पनी भने पूर्ण बन्द रहने निषेध आदेशमा भनिएको छ ।

Facebook Comments Box