काभ्रे,
जेठ ११ गते २०७८

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना गरेको आपत्तकालीन राहत कोषमा नेपाल प्रेस युनियन काभ्रे शाखाले एक लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ । कोरोना संक्रमणको जोखिमविच खटिने पत्रकारलाई सहयोग गर्न उद्धेश्यले नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त कोष स्थापना गरेको थियो ।
नेपाल प्रेस युनियन काभ्रे शाखाका अध्यक्ष कपिल कोइरालाले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनालाई आज महासंघ कार्यालय पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले कोरोना महामारीका बेला जिल्लामा क्रियाशील संचारकर्मीलाई आफु सक्रिय रहेको पेशा र संस्थाबाट राहत महसुश गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको बताए ।
उनका अनुसार कोषमा हालसम्म सात लाख ५९ हजार जम्मा भइसकेको छ । कोषमा पत्रकार लगायतका विभिन्न संघसंस्था, व्यवसायीले सहयोग गरेका छन् । पनौतीका पोल्ट्री व्यवसायीको तर्फबाट ५० हजार, व्यवसायी ज्ञानेन्द्र खड्काले ५० हजार, नमोबुद्ध नगरपालिकाले २५ हजार पाँच सय २५, रोशी गाउ“पालिकाले २५ हजार, लक्ष्मी प्रतिष्ठानले २५ हजार लगायतले सहयोग गरेका छन ।

Facebook Comments Box