काभ्रे,
जेठ ११ गते २०७८

बेथानचोक गाउँपालिकाले जेठ १२ गते देखी जेठ १८ गतेसम्म बिवाह, ब्रतबन्ध लगायतका कार्य गर्न रोक लगाएको छ । कोरोनाको संक्रमण दर बढ्दै गएपछि आज पालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाको अध्यक्षतामा राजनीतिक दल लगायतको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पालिकाले अन्य धार्मिक कार्य गर्नुपर्ने भएमा परिवारको मात्र उपस्थितीमा कार्य गर्न अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीद्धारा जारी सूचनामा भनिएको छ औषधीजन्य बाहेक पसल बाहेक दुध संकलन विक्रि वितरण, होटल पसल, व्यवसाय पूर्णरुपमा बन्द गर्ने उल्लेख छ । बेथानचोक गाउँपालिकामा अतिआवश्यक रुपमा हिड्नुपर्ने भएमा पालिकाको पास अनिवार्य लिनुपर्ने छ । जनप्रतिनिधिले समेत पालिकाको कार्ड लगाउनुपर्ने छ । पालिकाले अनिर्याय मास्क लगाउन स्थानीयलाई अनुरोध गरेको छ । यदि मास्क नलगाएमा एक सय रुपियाँ जरिवान र पसल खोलेमा पहिलो पटक पाँच सय रुपियाँ जरिवान हुने जनाएको छ । पालिकाको पास बिनाका कुनै पनि मोटरसाईकल तथा गाडीहरु चल्न नपाउने जारी सूचनामा भनिएको छ ।

Facebook Comments Box