जेठ १२
२०७८,काभ्रे

पनौती नगरपालिकाको शिलको अवधि आज १२ गते राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म ५ दिनका लागी तोकिएको छ। पनौती नगरपालिकाको शिलको अवधि आज १२ गते राती १२ बजेबाट सकिदै छ
नगरपालिकाले शिल लाई केही खुकुलो बनाएको छ । यस अघि दुध संकलक समेत बन्द गरेको नगरले ययस पटक भने समय सीमा तोकेर खोल्न दिने भएको छ ।
पनौती नगरपालिकाबट जारी सूचनामा दूध संकलक डेरीहरुले बिहान ५स्३० देखि ६स्३० भित्र दूध संकलन गरिसक्नु पर्ने उल्लेख गरिएको छ। यस्तै बेलुका दूध संकलक गर्ने डेरीहरुले ६ बजेदेखि ७ बजेसम्म काम सक्नुपर्ने जनाईएको छ।

स्वास्थ्य मापदण्ड पालना गरी, मास्क अनिवार्य लगाउनुपर्ने र दूध बेचिसके पछी छेउमा जम्मा भएर नबस्ने, संगैको होटेलको छेउ(छाउमा गएर बस्ने काम नगर्न पनि भनिएको छ। दूध संकलन कार्य सकिए पछी उक्त ठाउँमा पूर्ण रुपमा सरसफाई गर्न पनौती नगरपालिकाले अनुरोध गरेको छ।

Facebook Comments Box