नेठ १२
२०७८,काभ्रे
काभ्रेमा आज नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज उपचारपछि संक्रमणमुक्त हुनेको संख्या ३ सय ३ रहेको छ भने आज थपिएका नयाँ संक्रमितको संंख्या १ सय ७२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ७ जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २२ जना महिला र ३२ जना पुरुष, पनौती नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र ३ जना पुरुष, रोशी गाउँपालिकाबाट १२ जना महिला र १८ जना पुरुष, तेमाल गाउँपालिकाबाट ५ जना महिला र ४ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट ३ जना महिला र २७ जना पुरुष र भुम्लु गाउँपालिकाबाट १० जना महिला र ११ जना पुरुष रहेको कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ८ हजार ४८ पुगेको छ । जसमध्ये जना ५४ सय २५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले २५ सय ६ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख डा। झाले बताए । जसमध्ये २३ सय ६९ जना होम आइसोलेसनमा र १ सय ३७ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको डा।झाले जानकारी दिए ।

काभ्रेमा पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण धुलिखेल नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुर जिल्लाका ५८ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा जेष्ठ ११ गते मृत्यु भएको कार्यालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणकै कारण रोशी गाउँपालिकाकी ७२ वर्षीया महिला र पनौती नगरपालिकाका ४८ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयका प्रमुख डा। नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।
त्यस्तै काभ्रेमा आज ५१ जना महिला र ६६ जना पुरुष गरी १ सय १७ जनाले कोरोना विरुद्धको दोस्रो मात्रा खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार योसँगै जिल्लामा १२ हजार ३० जनाले कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् ।

Facebook Comments Box