जेठ १२
२०७८,काभ्रे

खहरेपाँगु ÷ नेपाली काँग्रेसका नेता एवम् समाजसेवी गणेश लामाले रोशी गाउँपालिका वडा न १ खहरेपाँगुमा रहेको रोशी अस्थायी कोभिड अस्पताललाई तीन थान अक्सिजन सिलिण्डर प्रदान गरेका छन । लामाले आज अस्पताल मै पुगेर तीन थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन । कोरोना भाइरसको दोस्रो लहर सँगै रोशी गाउँपालिका वडा न १, २ र ३ बढि प्रभावित भएका छन । यस क्षेत्रमा अहिलेसम्म ५९ जनाको परीक्षण गर्दा ३७ जनामा कोरोना देखिएको छ भने एक जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धनजीत लामाले पहिलो पटक ३१ जनाको स्वाव परीक्षण गरिएकोमा १६ जनाको पोजिटिभ देखिएको र पछि थप २८ जनाको स्वाव परीक्षण गरिएकोमा २१ जनाको पोजिटिभ देखिएको जानकारी दिए ।

Facebook Comments Box