जेठ,१२
२०७८,काभ्रे

काभ्रेमा आज १७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ९८ जना निको भएका छन भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभे्रका प्रमुख नरेन्द्रकुमार झाले आज बनेपा नगरपालिकामा नौ महिला १२ पुरुष, पाँचखाल नगरपालिकामा छ महिला १२ पुरुष, नमोबुद्ध नगरपालिकामा एक महिला दुई पुरुष, चौँरीदेउराली गाउँपालिकामा दुई महिला एक पुरुष, रोशी गाउँपालिकामा दुई महिला तीन पुरुष, मण्डनदेउपुर नगरपालिकामा १७ महिला १४ पुरुष, तेमाल गाउँपालिकामा ३० महिला २७ पुरुष, भुम्लु गाउँपालिकामा आठ महिला १८ पुरुष, बेथानचोक गाउँपालिकामा दुई महिला चार पुरुष, महाभारत गाउँपालिकामा एक महिला र खानखोला गाउँपालिकामा एक महिला तीन पुरुष गरी एक सय ७५ नयाँ संक्रमित थपिएका छन ।
यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ८२ सय २४ पुगेका छन । जसमा ५५ सय २३ निको भएका छन भने २५ सय ८२ सक्रिय संक्रमित रहेका छन ।
धुलिखेल अस्पतालमा थप तीन जनाको कोरोना कारण मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार बनेपा नगरपालिकाका ५० बर्षीय पुरुष, पनौती नगरपालिकाका ५३ बर्षीय महिला र ललितपुर जिल्लाका ३१ बर्षीय पुरुषको जेठ १२ गते मृत्यु भएको थियो । यो सँगै मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

Facebook Comments Box