जेठ,१३
२०७८,काभ्रे

रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीलाई पिसिआर गर्न आह्वान गर्नुहुँदै कोरोना पोजेटिभ आएमा आइसोलेसनमा उपचार लिन अनुरोध गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कोभिडबाट कोही पनि व्यक्तीको ज्यान नजाहोस भन्नका लागि श्वासप्रश्वासमा समस्या देखिएकाकालाई कोरोनाको परीक्षण गर्न र पोजेटिभ रिपोट आएमा सकेसम्म आइसोलेसनको प्रयोग गर्न अपिल गरेको जनाएका छन । उनले अन्य कुनै समस्या भएमा रोशी गाउँपालिकाको स्वास्थ्य शाखा, अन्य स्वास्थ्य संस्थाहरु वा स्वास्थ्यकर्मीहरुसँग समन्वय गर्नुहुन पनि अनुरोध गरेका छन । उनले कोरोनालाई निर्मुला पार्न सबै सरोकारवालाहरुलाई सहयोगको अपिल गरेका छन । रोशी गाउँपालिकाले नमोबुद्ध नगरपालिकाको समन्वयमा मेथिनकोट अस्पतालसँगै ४० वेडको आइसोलेसन सञ्चालन गरेको छ ।

Facebook Comments Box