जेठ ,१३
२०७८,काभ्रे

तेमाल गाउँपालिकाको बोल्देफेदिचे हेल्थ सेन्टरमा अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएपछि कोरोना संक्रमितको उपचारमा सहज भएको छ । तेमाल गाउँपालिका वडा न ६ का वडा अध्यक्ष विकुलाल तामाङले धुलिखेल अस्पतालले सञ्चालनमा ल्याएको उक्त हेल्थ सेन्टरमा अक्सिजन सहितको सुविधा भएको हुँदा कोभिड बिरामीको उपचारमा सहज भएको फेसबुक मार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका छन बढ्दो कोभिड सङ्क्रमणका कारण तेमालका आमाबुबा, दाजुभाई दिदीबहिनीहरूले ज्यान गुमाउनु नपरियोस भन्ने उदेश्यले २०७८ जेठ २ गते तेमाल स्वास्थ्य शाखा प्रमुख शिबहरि पाठक, बोल्दे फेदिचे स्वास्थ्य चौकी प्रमुख चन्द्र तामाङ, घुलिखेल अस्पताल प्रमुख डा. बिराज कर्मचार्य, डा. रोशन महत्तो र धुलिखेल अस्पताल बोल्देफेदिचे हेल्थ सेन्टरका प्रमुख डा नितेश घिसिङका साथै तेमाल गाउँपालिका वडा न ६ का अध्यक्ष विकुलाल तामाङको उपस्थितिमा छलफल तथा बैठक गरि अक्सिजन सहितको आइसोलेसन संञ्चालन गर्ने निर्णय गरियो र त्यसपछि उक्त अस्पतालबाट सेवा दिन थालिएको जनाइएको छ ।

Facebook Comments Box