जेठ १४
२०७८,काभ्रे
बनेपा/आनि छोइङ डोल्मा फाउन्डेसनको सहयोग तथा नेपाल पत्रकार महासङघ काभ्रे शाखाको समन्वयमा पनौती र बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आज फाउन्डेसनले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० सेट, पल्स अक्सिमिटर पाँच /पाँच थान हस्तान्तरण गरिएको हो।
फाउन्डेसनकि आनि छोईङ डोल्माले पनौती नगरपालिकामा बरिस्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी र बनेपामा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा डोल्माले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिनाको सिफारिसमा पनौती र बनेपामा स्वास्थ्य सामग्री दिएको बताउनुहुदै विपत्तिको समयमा स्थानीय तहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कोरोनाको महामारीको समयमा नगरलाई अतिआवश्यक स्वास्थ्य सामग्री दिएकोमा दुबै नगरपालिकाले धन्यवाद दिएका थिए ।
त्यस्तै पत्रकार महासंघ काभ्रे शाखा कै पहलमा धुलिखेल र पाँचखाल नगरपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मंगलबार प्रारम्भ सामाजिक सस्थाले अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिई २०/२० सेट, पल्स अक्सिमिटर पाँच /पाँच थान हस्तान्तरण गरेको थियो । प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष एवम सिंगापुर रेडक्रसका प्रतिनिधि कल्पना क्षेत्रीले धुलिखेल नगरप्रमुख अशोककुमार व्यान्जु र पाँचखाल नगरप्रमुख महेश खरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, नेपाल महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box