यश कुमार परियार, रेडियो रोशी–काभ्रे
“सुखी र समृद्धि राष्ट्रिय सोच, समाज विकाश हाम्रो अठोट” भन्ने मुल नाराका साथ काभ्रेको नमोबुद्ध नगरपालीकाले असोज ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ४० औँ सामाजिक सेवा दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बनेपा शाखा काभ्रेको सहयोगमा नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्धाटन गर्दै नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले आगामी दिनमा यी र यस्तै सामाजिक कार्यहरु गर्दै जाने र नगरपालीकाले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगरपालीकाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा जम्मा १४ जनाले रक्तदान गरेको नगरपालीकाका सामाजिक सुरक्षा शाखा प्रमुख श्याम प्रसाद खनालले जानकारी दिनुभयो ।

Facebook Comments