जेठ,१५
काभ्रे,२०७८

आज काभ्रेमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि काभ्रेमा एकैदिन यतिधेरै जनाको मृत्यु भएको यो पहिलोपटक हो ।
मृत्यु हुनेमा तेमाल गाउँपालिकाका मात्रै ४ जना रहेका छन् । जसमा तेमाल १ का ५२,५६ र ६२ वर्षिय पुरुष र तेमाल–२ का ८१ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झा ले जानकारी दिए । त्यस्तै मृत्यु हुनेहरुमा धुलिखेल–१० का ६३ वर्षिय पुरुष, धुलिखेल–११का ४९ वर्षिय पुरुष, मण्डनदेउपुर–७ का ५० वर्षिय पुरुष र सिन्धुपाल्चोककी ३८ वर्षिया महिला रहेका छन् ।

उनीहरुको विभिन्न अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १७८ पुगेको छ । उनीहरु मध्य १२८ जना काभ्रेका रहेका छन् भने ५० जना अन्य जिल्लाका रहेका छन् ।

यस्तै काभ्रे जिल्लामा आज १७५ जनाले कोरोना जितेका छन् । यस सगै कोरोनामुक्त हुनेको संंख्यो संख्या ५ हजार ८९४ पुगेको छ । आज ६४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेका प्रमुख डा। झाका अनुसार आज संक्रमित हुनेमा बनेपा पनौतीका ८, मण्डनदेउपुरका १८ र भुम्लुका ३८ जना रहेका छन् । यससँगै काभ्रेमा संक्रमित संख्या ८ हजार ५०४ पुगेको छ ।

Facebook Comments Box