जेठ,१६
काभ्रे,२०७८

काभ्रेको रोशी गाउँपालिकाले स्थापना गरेको कोभिड कोषमा रोशी– ६ निबासी हाल अमेरिकाका बस्ने अर्जुन प्रसाद मैनाली २५ हजार सहयोग गरेका छन । गाउँपालिका अध्यक्ष डीबी लामाले कोरोना भाइरसको यस विषम परिस्थितिमा बिगत देखिनै विभिन्न सन्दर्भमा गाउँपालिका लाई निरन्तर सहयोग गर्दै आएको बताउँदै पुनः नगद २५ हजार सहयोग गरेकोमा धन्यवाद दिएका छन । रोशी गाउँपालिकाले कोरोना भाइरसको सुरुवाती चरणमा नै कोभिड रोकथाम र नियन्त्रणमा प्रयोग गर्नेगरी कोभिड विपद कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिलेसम्म २५÷३० लाख भइसकेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

Facebook Comments Box