जेठ,१७
२०७८,काभ्रे

पनौती नगरपालिकामा शिल अवधि थप गरिएको छ । आज १७ गते राती १२ बजेदेखि २२ गतेसम्म शिल अवधि थप गरिएको हो । तर नगरपालिकाले अत्यावश्यक पसल भने सिमित समयका लागि खोल्न दिने सूचनामा उल्लेख छ ।नगरपालिकाद्धारा जारी सूचनामा तरकारी, खाद्यान्न तथा बैंक खुल्ने भएका छन् । पनौती नगरपालिकाले आज एक सूचना जारी गर्दै शिल अवधिभर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै तरकारी, खाद्यान्न तथा बैंक खुल्ला गर्ने जनाईएको छ । तरकारी तथा खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोलि किनबेच गर्न पाईने छ । अत्यावश्यक पशुपन्छी आहार, बीउ बिजन, ताजा तरकारी, फलफुल तथा दैनिक अत्यावश्यक सामाग्रीहरु मापदण्डको पूर्ण पालना गर्दै सेवा लिन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।शिल अवधिमा कोरोना संक्रमणको दर घटेको उल्लेख गर्दै नगरपालिकाले तथापी संक्रमण फेरी पनि बढ्न सक्ने तर्फ ध्यान दिदै बिना काम घर बाहिर ननिस्कन र अनावश्यक आवत जावतलाई पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।
यस्तै, बैंकको हकमा सिमित जनाशक्तिको व्यवस्था गरी क र ख वर्गका बैंकहरुले तोकिएको मापदण्ड कायम गरी सेवा प्रवाह गर्न भनिएको छ । नगरपालिकाले व्यवस्था गरेको बाहेक कुनै पनि बाहानामा अन्य सेवा तथा व्यवसाय गरेको पाईएमा सेवा लिने दिने दुबैलाई नियन्त्रणमा लिई कारवाही गरिने सूचनामा भनिएको छ ।

Facebook Comments Box