रोशी सहकर्मी–मंङसिर १३,
तेमाल/

जिल्लाको तेमाल गाँउपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन आज वडा नं ७ मा वितरण गरे सँगै परिचय वितरण कार्यक्रम सम्पन्न भएको हो । तेमाल गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङको संयोजकत्वमा रहेको टोलीले तेमालको ९ वटै वडामा वितरण गर्ने क्रममा आज वडा नं ७ मा ख वर्गका १२ जना, ग वर्गका १ जना र घ वर्गका १ जना गरी १४ जनामा वितरण गरिएको छ । गत कार्तिक ५ गतेबाट अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम भएकोमा तेमालका सबै वडाका १५४ जनामा परिचयपत्र वितरण गरिएको कार्यक्रम संयोजक तथा गाँउपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिएकी छन् ।
उपाध्यक्ष तामाङका अनुसार गाउँपालिका भित्र रहेको ९ वटा वडा मध्य वडा नं १ मा १९ जना, २ मा २४ जना, ३ मा ११ जना, ४ मा १० जना, ५ मा १४ जना, ६ मा २३ जना, ७ मा १४ जना, ८ मा २३ जना र ९ मा १५ जनामा परिचय पत्र वितरण गरिएको छ ।
परिचय पत्र वितरण कार्यक्रम पस्चात तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले गाउँपालिकाको अभियानमा साथ र सहयोग गर्नुहुने वडा नं १ देखि ९ सम्मकै जनप्रतिनिधी र कर्मचारी साथै विभिन्न संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिँदै यसरीनै साथ सहयोग दिँदै जाने हो भने तेमालले विकासमामा फड्को मार्ने विश्वास व्यक्त गरे ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गामाया तामाङले धुलिखेल गएर परिचयपत्र बनाउनुपर्ने वाध्यताको अन्त्य भएको बताँउदै अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै सहज होस् भनेर नै गाँउघरमै पुगेर परिचय पत्र बाँडेका हाँै भनीन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल, स्वास्थ्य संयोजक शिवहरी पाठक, डा. ज्ञानु तिमल्सिना, ७ नं वडा सदस्य मिम लामा दोङ, फुलमाया दमाई, वडा सचिव अनिता श्रेष्ठ, तेमाल वडा नं ७ का स्वस्थ्य चौकी इन्चार्ज बिरेन्द्रकुमार शाह, उपाध्यक्ष भेषराज पाण्डे, नेपाल रेडक्रस सोसाईटी तेमाल शाखाका प्रतिनिधी जयराम बस्नेत, अर्जुन दोङ लगायत सहभागी थिए ।

Facebook Comments Box