जेठ १७
काभ्रे,२०७८

जिल्लाको तेमाल गाउँपालिकाका २ युवा दिउँसो १ बजेतिर माछा मार्न गएका २१ बर्षिय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवत्ता डिएस्पी हरि खतिवडाले जानकारी दिए ।माछा मार्न सँगै गएका जितका भाई १७ बर्षिय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षिय पदम तामाङले दाईहरु सुनकोशीमा माछा मार्ने क्रममा बगाएको स्थानीय र प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएस्पी खतिवडाका अनुसार सुनकोशीमा बेपत्ता युवाहरुको खोजिको लागि इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख अनिस बुढाथोकीको नेतृत्वमा प्रहरी टोली, प्रहरी चौकी पचुवारघाटका प्रहरी टोली तथा स्थानीय बेपत्ता युवाहरुको खोजिमा लागिरहेको जानकारी दिए । अहिले ससस्त्र प्रहरी बलको तालिम वाला प्रहरीको टोली पनि घटनास्थल गइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box