जेठ १७
काभ्रे,२०७८

काभ्रेमा आज ३८५ जनाले कोरोना भाइरस ९कोभिड(१९० लाई जित्दै संक्रमण मुक्त भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भएका हुन्।यस्तै सोहि अवधिमा काभ्रेमा २४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट २०६ जना र एन्टीजेन परिक्षणबाट ३७ गरी २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।जिल्लामा थपिएका मध्ये पाँचखाल नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। पिसिआर परिक्षणबाट पाँचखाल नगरपालिकामा ४२ जना, बनेपामा ३५ जना, पनौतीमा २६ जना, मण्डनदेउपुरमा १४, नमोबुद्धमा ८, धुलिखेलमा ७ जना यस्तै रोशी गाउँपालिकामा ४१ जना,बेथानचोक गाउँपालिकामा १३, भुम्लु गाउँपालिकामा ११, चौंरीदेउराली गाउँपालिकामा ८, तेमालामा १ जना गरी २०६ जनामा संक्रमित थपिएका छन्।यसैगरी, एन्टीजेन परिक्षणबाट महाभारत गाउँपालिकामा १५ जना, खानीखोला गाउँपालिकामा १३, पाँचखाल नगरपालिकामा ७, भुम्लु गाउँपालिकामा २ जना गरी ३७ कोरोना पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २२७ रहेको छ। जसमा ९४८ जना महिला र १२७९ जना पुरुष रहेका छन्।यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ८०७ पुगेको कार्यालयले जनाएको छ।कोरोना संक्रमणका कारण काभ्रेमा ६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा ६ जनाको मृत्यु छ। मृत्यु हुनेमा बेथानचोक गाउँपालिकाक ६९ वर्षीय महिला, चौरीदेउराली गाउँपालिकाका ६९ वर्षीय पुरुष, बनेपाका ५६ वर्षीय महिला, भुम्लुका ६८ वर्षीय पुरुष, पनौतीका ६२ वर्षीय पुरुष, सर्लाहीका ६० वर्षीय पुरुष उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

Facebook Comments Box