रोशी सहकर्मी–मंङसिर १४,
धुलिखेल/

काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ रबिओपिमा उपनिर्वाचनको मतदान शुर भएको छ । धुलिखेल नगरपालिका २ का निर्वा्चित वडा अध्यक्ष राजन कोइरालाको मृत्यु भएको कारण उक्त वडा अध्यक्ष पदको लागि आज मतदान भईरहेको हो । निर्वाचन अधिकृत उमेश राईका अनुसार आज विहान सात बजेबाट नै मतदान शुरु भएको छ ।
रविओपीको सेतीदेवी मावि माझथुम मदतान स्थलमा केन्द्र ‘क’ र ‘ख’ गरी दूई वटा केन्द्र रहेकोमा केन्द्र ‘क’ मा ९ सय ५२ र केन्द्र ‘ख’ मा ९ सय २५ जनाले मतलान गर्दै छन् । जम्मा १ हजार ८ सय ७७ मतदाता रहेको राईले जानकारी दिए । वडा नं. २ को वडा अध्यक्ष पदको लागि नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापा उम्मेदार रहेकाछन् ।
निर्वाचन स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु खटिएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी एसपी जयराज सापकाटोले जानकारी दिए ।

Facebook Comments Box