जेठ,१८
२०७८,काभ्रे
पनौती नगरपालिकाले दूध संकलकलाई अत्याधुनिक मेसिन सहयोग गरेको छ । विश्व दूध दिवसको अवसरमा कृषि तथा पशुपन्छी शाखाले उक्त मेसिन अनुदानमा संकलकलाई वितरण गरेको हो पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले वडा न १२ का दूध संकलक शालिकराम लामिच्छानेलाई एक हजार लिटरको चिलिम भ्याट र वडा न २ का दूध संकलक सुरथ सापकोटालाई मिल्क एनलाइजर सहित डिजिटल ब्यालेन्स र मनिटर सहितको उपकरण वितरण गरेका थिए । वितरण पश्चात नगर प्रमुख न्यौपानेले किसानको जीवन उकास्नका लागि नगरले कृषि र पशुपालन क्षेत्रलाई महत्व दिदैँ आएको बताए । उनले नगरलाई भैँसी पकेट क्षेत्र बनाउनका लागि नगरले ८०० पाडी वितरण गरिसकेको जाउँदै यसको प्रभावबाट अन्य १५ सय पाडी हुर्कदै गएकोमा खुशी व्यक्त गरे । । पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले ६० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको बताए । उनका अनुसार चिलिम भ्याटको तीन लाख ९० हजार र मिल्क एनलाइजर सेटको एक लाख २० हजार मूल्य रहेको छ ।
“दूध तथा दुग्ध पदार्थको नियमित सेवन कोरोना भाइरस बिरुद्ध दीर्घजीवन” भन्ने मूल नारा रहेको उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता बन्जारा, बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले, नमोबुद्ध नगरपालिका वडा न १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले कृषि र पशुपन्छी क्षेत्रमा पनौती नगरपालिका मार्गदर्शक भएको भन्दै प्रशंसा गरेका थिए ।

Facebook Comments Box