जेठ २०,
२०७८,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नः १४ डडुवामा कोरोना भाइरसका संक्रमितहरु व्यापक देखिन थालेपछि स्थानीय युवाहरू, सम्भावित संकटलाई सामना गर्नको लागि भन्दै एक हुन् थालेका छन् । केहि दिन अगाडी “डडुवा युवा समाज कोभिड नियन्त्रण सहयोग समिति” गठन भए संगै उक्त्त समितिलाई सहयोग गर्न देश विदेशबाट अभियान शुरु हुन थालेको हो ।

डडुवा युवा समाजले बर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमा कोभिड नियन्त्रणका लागि आर्थिक साथै भौतिक सहयोग संकलन गर्न थालेको छ । यस कोभिड नियन्त्रण सहयोग समितिले संक्रमित परिवारलाई र बिरामिको स्वास्थमा बिषेश ध्यान दिदै स्वास्थ्य सामग्री र बिपन्न परिवारलाई राहत प्रदान गर्ने अभियानका अगुवाकर्ता सगुन श्रेस्ठले बताए । त्यसैगरी समितिले डडुवाका समग्र युबा, विभिन्न सामाजिक संघ–सस्था, राजनितिक ब्यक्तित्व, पत्रकार, ब्यवसायी देश तथा बिदेशमा रहनुहुने दाजुभाई–दिदीबहिनी, शुभचिन्तक सबैमा सहयोगको लागि पनि अनुरोध गरेको छ । अभियानलाई सबै युवाहरुले साथ दिनुपर्ने र आगामी दिनमा डडुवालाई स्वस्थ बनाउन सबै एक भएर लाग्नु पर्ने बताए ।

समितिले स्थानीय सरकार सँग समन्वय गरेर अघि बढ्ने र सम्बन्धित निकायलाई ध्यानकर्षण गराउने, जनचेतनामुलक काम गर्ने, सम्पूर्ण १४ नम्बर वडा बासीहरुमा कोरोना रोकथाम अभियानमा हातेमालो गरी अगाडि जाने लगायतका कार्यक्रम तय गरिएको युवा सल्लाकार सरोज बोहराले बताए । डडुवा कोभिड नियंत्रण समितिको पहलमा अहिले सम्म झण्डै साढे दुई लाख रुपैया संकलन भएको समितिको कोषाध्यक्ष श्रेस्ठले जानकारी दिएका छन् । उनका अनुसार हाल सम्म थरमोमीटर– १०० वटा, हयाण्ड सेनीटाईजर–२०० वटा, साबुन– १०० वटा, ह्याण्ड ग्लोभस–३०० वटा, सेनिटाइजर ५ लीटरको ५ जर्किंन, मास्क ५००० वटा, अक्सीमिटर–४ वटा, पी.पी. सेट –१ जोर, भीटामीन डी, भीटामीन सि, ज्वरो सिटामोल –१२० बिरामीको लागी सामाग्री बितरण गरिएको छ ।

Facebook Comments Box