रोशी सहकर्मी–मंङसिर १४,
रविगाउँ/

धुलिखेल नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदको लागि शनिवार भएको उपनिर्वाचनमा ८० दशमलव ०२१ प्रतिशत मत खसको छ ।
कुल एक हजार आठ सय ७७ मतदाता रहेको उक्त वडामा एक हजार पाँच सय दुई ( ८०.०२१ प्रशितशत) मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो ।
महिला सात सय ५८ र पुरुष सात सय ४४ ले मतदानमा भाग लिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत उमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसारसेतीदेवी मावि माझथुम मदतान स्थलमा केन्द्र ‘क’ मा सात सय ७० र ‘ख’ मा सात सय ३२ मत खसेको थियो ।
वडा नं. २ को वडा अध्यक्ष पदको लागि नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापा उम्मेदार रहेका छन् ।
निर्वाचन शान्तिपूर्ण रुपमा भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी प्रमुख जयराज सापकाटोले जानकारी दिनुभयो । निर्वाचन स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु खटिएका थिए । धुलिखेल नगरपालिका २ का निर्वाचित वडा अध्यक्ष राजन कोइरालाको मृत्यु भएको कारण उक्त वडामा उपनिर्वाचन भएको हो ।

Facebook Comments Box