जेठ २१,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा जारी शिल हटेको छ ।

गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले एक सुचना जारी गर्दै गाउँपालिकामा यस अघि लगाईएको शिल हटेको जानकारी दिएका हुन् ।

सुचनामा कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि गाउँपालिका क्षेत्र भित्र लगाईएको शिल संक्रमितको संख्या उल्लेख्य नै रहेता पनि लामो समय सम्म शिल कायम उपयुक्त नभएको र जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्ने गरी शिल हटाईएको उल्लेख छ ।

रोशी गाउँपालिकामा शुक्रबार सम्म १ सय १९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

Facebook Comments Box