जेठ २२,
२०७८,काभ्रे/

काभ्रेमा पछिल्लो समय निरन्तर कोरोना संक्रमितहरु निको हुने दर बढेकोमा आज भने नयाँ कारोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यलय काभ्रेको अनुसार आज २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भने २७ जनाले कोरोलाई जित्दै संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा पिसिआर परिक्षणबाट १५१ जना र एन्टीजेन परिक्षणबाट ५५ जना गरी जम्मा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये बनेपा नगरपालिकामा २६ जना, धुलिखेलमा २५, नमोबुद्धमा २१, पनौतीमा २०, पाँचखालमा १३ जना, यस्तै रोशी गाउँपालिकामा ३३, चौरीदेउरालीमा ८, भुम्लुमा ३, बेथानाचोक १, तेमालमा १ जना गरी १५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, एन्टीजेन परिक्षणबाट महाभारत गाउँपालिकामा २४ जना, भुम्लुमा १३, खानीखोलामा ९, नमोबुद्ध नगरपालिकामा ७, चौरीदेउरालीमा २ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ०४८ रहेको छ । यस्तै जिल्लामा कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ । मृतक पनौती नगरपालिकाका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा र भुम्लु गाउँपालिकाका ७९ वर्षीय महिलाको होम आईसोलेसनमा मृत्यु भएको हो ।

Facebook Comments Box