रोशी सहकर्मी–मंङसिर १४,
काभ्रे/

काभ्रेको रोशी गाउँपालिका ११ कालढुङगा स्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रा.लिमा प्रहरीले पेस्तोल बरामद गरेको छ । बनेपाका राजभक्त प्रधान र युद्धबहादुर थापाद्दारा सन्चालित उक्त क्रसरमा रहेको टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा भुइँमा विछ्याइएको डल्लब भित्र लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । प्रहरीले म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद गरिएको हो ।
प्रहरीका अनुसार खुल्ला रहेको कोठाको डल्लब पल्टाएर हेर्दा स्थानीयहरु सहित टहरा भित्र प्रवेस गरेको प्रहरीले म्याग्जिन सहितको पेस्तोल भटाएको हो । पेस्तोल भेटिएको ठाउँ नजिकै केएफ ७.६५ लेखिएको १ राउण्ड गोली समेत बरामत गरिएको प्रहरीले पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले क्रसर उद्योगबाट हतियार बरामद गरेको थियो । पेस्तोल र गोली फेला परेको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । उक्त क्रसर केहि महिना अघि देखि बन्द रहेको थियो ।

Facebook Comments Box