जेठ २३,
२०७८,काभ्रे/

विश्वमा नै दोस्रो लहरमा फैलिरहेको कोभिड भाईरसको कारण काभ्रे जिल्लाको महाभारत गाँउपालिकामा पनि निकै प्रभावित भएको छ । गाउँपालिकामा कोभिड संक्रमण दर बढिरहेको अवस्थामा नेपाली कांग्रेस काभ्रेले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा “क” को सभापति राम बहादुर योन्जनको पहलमा महाभारत गाउँपालिकाका सुचना संयोजक नबीन मोक्तान को संयोजकत्वमा उक्त सामग्री सहयोग गरिएको हो ।

उक्त अभियानमा तरुण दल काभ्रे सभापती तथा बाग्मती प्रदेश उप–संयोजक दावा लामाले मास्क १० हजार थान, स्यानीटाईजर १० लिटर सहयोग गरेका छन् । यस्तै हाल जापानमा रहेका राजन दुलालले मास्क ५ हजार थान, राज थोकरले मास्क ३ हजार थान, भिम नाथ योन्जनले मास्क २ हजार थान, बुद्द लामाले ग्लोब्स ५ पाकेट र भिटामिन २ पाकेट, टेक थोकरले अक्सीमिटर १० थान सहयोग गरेका छन् । यस्तै विकाश योन्जन, पवन थिङ, लवाङ पाख्रिन, नबीन मोक्तानले संयुक्त रुपमा थर्ममिटर ६० थान, हातधुने साबुन १०० थान, स्यानीटाईजर ४ लिटर, फेस शिल्ड ६० थान सहयोग गरेका छन् । यस्तै राष्ट्रिय आबिस्कार केन्द्रबाट पिपिई सेट १० थान, कोभिड संक्रमित १०० जनालाई पुग्ने ९ थरीको औषधी सेट सहयोग प्रप्त भएको सभापति राम बहादुर योन्जनले जानकारी दिए ।

उक्त स्वास्थ्य सामग्री महाभारत गाउपालिकामा रहेको स्वास्थ्य चौकी, कोभिड अस्पताल, विद्यालय, प्रहरी चौकी तथा कोभिड–१९ को संक्रमण समुदायमा वितरण गरिएको उनले जानकारी दिए । उनले यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।

Facebook Comments Box