.जेठ,२४
२०७८,काभ्रे

राजन दाहाल भकुन्डेबेसी -मेथिनकोट अस्पताललाई शान्ती जन आदर्श सेवा केन्द्रद्वारा विभिन्न स्वास्थ्य सहयोग गरेको छ । कोरोना संक्रमीतको संख्या बड्दै गएको अबस्थामा जिल्लको नमोबुद्ध नगरपालिका , रोशी , तेमाल र महाभारत गाउँ पालिकालाई समेत ध्यानमा राखी अस्पताललाई स्वास्थ्य सामाग्री बितरण गरिएको शान्ति जन आदर्श सेवा केन्द्रको अध्यक्ष सङ्खबुद्ध लामाले बताउनु भयो । सेवा केन्द्रले माक्स, सेनिटाइजर,पिपिइ सेट,हस्पिटल बेड,अक्सिजन कन्सन्ट्रेटर लगाएत ३५ लाख बराबरको विभिन्न स्वास्थ्य सम्बन्धि सामाग्री खरिद गरि मेथिनकोट अस्पतालको अध्यक्ष कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेको थियो ।अध्यक्ष खनालले स्वास्थ्य सामाग्री सहयोग गरिदिनुभएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग को अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा नमोबुद्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल ,वडा न। ४ का वडा अध्यक्ष उद्द्ब काफ्ले ,चेम्बर अफ कमर्सका उपाध्यक्ष विदुर प्रसाद बर्तौला लगाएतका ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box