जेठ,२५
२०७८,बेथानचोक काभ्रे

जिल्लाको बेथानचोक गाउँपालिकाले नेपाल सरकारको नीति अनुरुप ६२ बर्ष देखि ६४ उमेर समुहका नागरिकलाई कोभीड विरुद्धको खोप लगाउने कार्यक्रम आज मंगलबार बेथानचोक गाउँपालिकाका सबै वडाहरुमा संचालनमा गरेको छ । बेथानचोक गाउँपालिकाको वडा नम्बर ६ भुग्देउ , वडा नम्बर ५ च्यासिङ्खर्क र कामिडाँडा वडा नम्बर ३ को महाङ्कालस्थान लगाएत सबै वडाका कोभिड खोप केन्द्रहरुमा खोप कार्यक्रम संचालनमा छ ।बेथानचोक गाउँपालिकामा संचालन भइरहेको खोप कार्यक्रम र त्यसको प्रभावकारीता र संचालन पद्धतिको खोप केन्द्रहरुमा जानकारी लिदै आवश्यक सहजीकरण समेत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले स्वास्थ कर्मिहरुको मनोबल उच्च राख्न प्रेरित गर्नुभएको थियो ।
खोप कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत भण्डारी ,लेखा अधिकृत बिदुर गिरि लगाएतको टोलिले अनुगमन निरीक्षण गर्नुभएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box