रोशी सहकर्मी–मंङसिर १४,
सिन्धुपाल्चोक/

इन्द्रावती गाउँपालिका ८ मा भएको उपनिर्वाचनमा एक हजार एक सय ७७ मत खसेको छ । एक हजार चार सय चार मत मध्ये ८३.६९ प्रतिशत मत खसेको हो ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि यहाँ पुनः निर्वाचन भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११७७ मध्ये ५५५ महिला र ६२२ पुरुषले मतदान गरे । गहतेस्थित चन्द्रावती आधारभूत विद्यालयमा मतदान गरिएको थियो । गाउँपालिकाको नवलपुरमा मतगणना गरिनेछ ।
वडाध्यक्ष पदको उपनिर्वाचनको लागि नेकपा, कांग्रेस, राप्रपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले उम्मेद्वारी दर्ता गराएका थिए । पछि समाजवादी पार्टीबाट उम्मेद्वारी दर्ता गराएका प्रताप श्रेष्ठले उम्मेद्वारी फिर्ता गरेपछि वडाअध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा होमिएका थिए् । नेकपाले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित केदारनाथ आचार्यलाई पुनः उम्मेद्वार बनाएको हो । त्यसैगरी नेपाली कांग्रेसले पुराना राजनीतिक नेता अशोक तामाङ(राले)लाई उम्मेद्वार बनाएको छ । उनीहरुसँग क्रमशः राप्रपाका रणबहादुर तामाङ, र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ वडाअध्यक्षका लागि चुनावी मैदानमा उभिएका थिए ।
उक्त वडामा पहिलो स्थानीय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै सदर भएको थियो ।

Facebook Comments