जेठ,२५
२०७८,काभ्रे

बेथानचोक गाउँपालिकाले किसानलाई अनुदानमा भुरा माछा र बर्ष फलफूलका बिरुवा दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जारी गरेको सूचनामा एक हप्ता भित्र किसानलाई वडाको सिफारिस सहित आउन आह्वान गरिएको छ । सूचनामा गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बाषर््िाक बजेट अनुसार माछाका भुरा तथा फलफूल बिरुवा वितरण गर्नुपर्ने भएकाले यस गाउँपालिकामा रहेका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषक फार्महरुले निवेदन असार २ गतेसम्म दिन सकिने उल्लेख छ । कृषकको हकमा आवेदक कृषकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र कृषकको निवदेन पत्र दिनुपर्ने छ । त्यस्तै कृषक समूह, कृषि सहकारी, कृषि फर्मको दर्ताको प्रमाणपत्र, कर चुत्ता प्रमाणपत्र प्यान दर्ता प्रमाणपत्र, संस्थाको निर्णयको प्रतिलिपि ल्याउन माछा पालक कृषकलाई अनुरोध गरेको छ ।

Facebook Comments Box