जेठ,२५
२०७८,काभ्रे

विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रे जिल्लाका १८ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसलाई अनुदान दिएको छ । अनुदान आयोगले २०७८ साल जेठ २० गते निर्णय गरेको हो । २१ गते सार्वजनि गरिएको सूचीमा काभ्रे, बेथाञ्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले ८ लाख ५६ हजार ८ सय नियमित अनुदान पाएको छ ।
अन्य क्याम्सहरुमा बनेपाको चैतन्य क्याम्स, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवीस्थान देवीथुम्का पब्लिक क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस, पनौतीको इन्द्रेश्वर क्याम्पस, मेथिनकोटको जनक बहुमुखी क्याम्पस, बनेपाको काभ्रे बहुमुखी क्याम्पस, कुशादेवीको कुशादेवी क्याम्पस, धुलिखेलको सञ्जिवनी कलेज, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, पनौतीको तेज–गंगा बहुमुखी क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पसले अनुदान पाएका छन् ।
विद्यार्थी र शिक्षक संख्याका आधार सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्सले अनुदान पाएको छ । उसले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाएको बुझिएको छ । विश्विद्यालय अनुदान आयोगमा आबद्ध १३५६ वटा क्याम्पस छन् ।

Facebook Comments Box