जेठ,२५
२०७८,काभ्रे

बेथानचोक गाउँपालिकालाई माओवादी केन्द्र बेथानचोक गाउँ कमिटिले स्वास्थ्य सामग्री सहयोग गरेको छ । माओवादी गाउँ कमिटि अध्यक्ष पेमा तामाङले आज बेथानचोक गाँउपालिकालाई पि.पि.ई.–८ थान, एन्टिजेन टेष्ट कीट–५० थान, ग्लोभ्स १०० पिस, पल्स अक्सिमिटर १४ थान र सेनिटाईजर २ बोतल उपलब्ध गराएको स्वास्थ्य शाखाका प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिएका छन । तिमल्सिनाले कोरोना महामारीमा गाउँपालिकालाई अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै माओवादी केन्द्र बेथानचोक गाउँ कमिटिलाई धन्यवाद दिएका छन । माओवादी गाउँ कमिटि अध्यक्ष पेमा तामाङले विपत्तमा नागरिकले स्वास्थ्य सेवा सहज पाउन भन्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।बेथानचोक गाउँपालिका स्वास्थ्य शाखाका अनुसार आजसम्म गाउँपालिकाभित्रमा ५४१ जनाको पीसीआर गरिएकोमा १७६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अहिले ४० जना सक्रिय संक्रमित रहेका छन । तीन जनाको कोरोना कारण मृत्यु भएको छ ।

Facebook Comments Box