रोशी सहकर्मी–मंङसिर १४,
सिन्धुपाल्चोक/

ईन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा का उम्मेदवार केदार नाथ आचार्य २७३ मतान्तरले विजय भएका छन् । कुल ११७५ मत खसेको मा नेकपा का केदारनाथ आचार्य ले ७१२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका राले तामाङ (अशोक) ले ४३९ मत ल्याएका छन् ।
यसैगरी राप्रपा (हलो) का उम्मेदवार ले १२ मत र राप्रपा(गाई) को उम्मेदवार ले ३ मत प्राप्ता गरेको निर्वाचनमा ९ मत मात्रै बदर भएको छ ।
गाउँपालिकाको नवलपुरमा मतगणना गरिएको हो । पहिला वडाध्यक्षमा ९ मतले हारेका केदार अहिले २७३ मतले विजयी भएका छन् । वडाअध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि यहाँ पुनः निर्वाचन भएको हो ।

Facebook Comments